फिट्नेसमा जम्दै पर्थका श्याम भण्डारी, पदक देखी पर्सनल ट्रेनर सम्म
बुटवलबाट १२ बर्ष अघी पर्थमा अध्ययन गर्न आएका श्याम भण्डारी अहिले पश्चिम अष्ट्रेलियाको पर्थमा फिट्नेस र जिमको क्षेत्रमा एक स्थापित नाम हो। पाँच बर्ष अघी मात्रै सामान्य जिम र ब्यायाम गर्न शुरु गरेका भण्डारी हाल फिट्नेसलाई नै आफ्नो करियर बनाउन तल्लिन देखिन्छन । हाल उनी म्याडिङ्टन स्थित एक फिट्नेस सेन्टरमा फिट्नेस तथा पर्सनल ट्रेनरका रुपमा कार्यरत छन ।
दैनिक जिम, ट्रैनिङ, स्वस्थकर खाना र सुगठित शरीर कायम गरी राख्नु उनको दिनचर्या बनेको छ आजकाल । केही बर्ष अघी सम्म फिट्नेसमा त्यती धेरै चासो नराख्ने उनी अहिले यसलाई ब्यबासायिक रुपमा अगाडि बढाउन हौसिएका छन । उनी भन्छन, ‘ फिट्नेस र नियमित ब्यायम अहिले मेरो जीवनको महत्वपूर्ण पाटो हो ।
यसले मलाई खुशी र सन्तुष्टी राख्छ अनी मलाई हरेक दिन नयाँ उर्जा दिन्छ’ । ढाड दुख्ने समस्याबाट शुरु भएको फिट्नेस यात्रा पाँच बर्ष अघी ढाड दुख्ने समस्याबाट ग्रसित थिए भण्डारी । डाक्टरको सल्लाहा बमोजिम ढाडको कसरतका लागि उनले जिम जान शुरु गरे ।
हिलो पटक आइसीएन-डब्लु ए च्याम्पियनशिपमा सहभागीता जनाएका भण्डारीले बिभिन्न चार बिधामा पुरस्कार जितेका छन।
जिम र फिट्नेससँगै आफ्नो खानपिनमा समेत बद्लाव ल्याए। फलस्वरुप दिनप्रती दिन ढाडको समस्या पनि कम हुँदै गयो र आफुलाई उर्जामान महशुस गर्दै गए। उनी भन्छन, ‘केही समय पछी त अल्कोहल पनि खान मन लाग्न छोड्यो, स्वस्थकर खानेकुराहरु मात्रै खान थाले अनी आफ्नो शरीरमा पनि परिवर्तन आएको महशुस हुन थाल्यो ।
यो परिवर्तनले मलाई ठुलो उर्जा मिल्यो र फिट्नेशकै क्षेत्रमा रमाउन थाले’। रुची बढ्दै गए पछी उनले फिट्नेस सम्बन्धी अध्ययन समेत गरे, अन्तत: आफुलाई फिट्नेस ट्रेनरका रुपमा स्थापित गरे। हाल भण्डारी आफ्ना प्रशिक्षार्थीलाई मात्रै नभएर नेपाली समुदायका साथीभाइहरुलाई समेत ‘डाइट प्लान’, ‘मिल प्लन’ गर्न सहयोग गर्दै आइरहेका छन। भण्डारी ‘आइ कम्पिट न्याचुरल(आइसीएन)-डब्लु ए च्याम्पियनशिप’ मा सहभागी हुने दोश्रो नेपाली गत शनिबार पर्थमा आयोजित राज्य स्तरिय ‘आइ कम्पिट न्याचुरल(आइसीएन)-डब्लु ए च्याम्पियनशिप’ मा सहभागी हुने दोश्रो नेपाली हुन भण्डारी।
प्रतियोगितामा हरेक बर्ष रासायानिक औषधीको प्रयोग बिनै सुगठित र आकर्षक शरीर बनाउनेहरुलाई प्रतिस्पर्धा मार्फत पुरस्कृत गरिन्छ। पहिलो पटक आइसीएन-डब्लु ए च्याम्पियनशिपमा सहभागीता जनाएका भण्डारीले बिभिन्न चार बिधामा पुरस्कार जितेका छन।
भण्डारीले ‘मेन्स फिट्नेस फस्ट टाइमर्स’,’मेन्स फिट्नेस थर्टी प्लस’ र ‘मेन्स फिट्नेस रोकी’ बिधामा क्रसश: दोश्रो र ‘मेन्स फिट्नेस ओपेन’ बिधामा चौथो स्थान हासिल गरे। पहिलो पटक सो प्रतियोगितामा सहभागीता हुँदा निकै रमाइलो अनुभब गरेका उनले सहभागी हुन निकै मेहनत र अभ्यास गरेको सुनाउछन। उनको यो सफल यात्रा सँगै अन्य धेरै नेपालीहरुले पनि फिट्नेसलाई रुची र क्यारियरका रुपमा बिकास गर्दै लानेमा विश्वस्त छन भण्डारी ।