बहुसांस्कृतिक सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको तयारी, फुटबलको माध्यमबाट स्वास्थ्यको नारा
अष्ट्रेलियामा बहुसांस्कृतिक समाज छ । यहाँ विश्वका धेरै संस्कृति, जाति, जनजातिको बसोबास रहेको छ । उनीहरु आप्mनै कला, संस्कृति र परम्परामा रमाउने गर्दछन् । यसैकारण विभिन्नखाले बहुसांस्कृतिक समूदायकाबीचमा भ्रातृत्व र सहकार्य बढाउनका निम्ति विभिन्न गतिविधि पनि हुने गरेका छन् । यसैक्रममा चौथो बहुसांस्कृतिक फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । विगतमा तीन पटक आयोजना भइसकेको यो प्रतियोगिता यस पटक भने अप्रिल १ तरिखदेखि सुरु हुनेछ । तीन दिनसम्म चल्ने यस प्रतियोगिताको मुख्य उद्देश्य र नारा फुटबलको माध्यमबाट स्वास्थ्य भन्ने रहेको छ । सोभेन ए साईड फुटबल प्रतियोगिताको आयोजक सिड्नी फ्रेण्डशिप ग्रुप र एचआरडी ईभेन्ट रहेका छन् । उनीहरुका अनुसार बढीमा ५० टिमको सहभागिता रहने यस कार्यक्रममा दर्शकहरु निःशुल्क प्रवेश गर्न पाउनेछन् भने फुटबलका साथै अन्य विविध गतिविधिले पनि सहभागीहरुलाई मनोरञ्जन दिइनेछ । बालबालिकाहरुको निम्ति पनि विविध सेवा प्रदान गरिनेछ । मार्च १७ तारिखसम्म टिम दर्ता गर्ने अन्तिम समय तोकिएको छ।