के भयो राजनीतिक दलका नेताहरुको बैठकमा ? माघ ८ गुज्रियो, अब के होला ? शुक्रबार १ बजेसम्मका लागि संविधानसभा बैठक स्थगित


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, मधेशी मोर्चाको बिहीबार साँझ संविधानसभा भवनमा बसेको बैठकमा कुनै सहमति जुट्न नसकेपछि अन्ततः संविधानसभाबाट संविधान जारी गर्नकालागि दलहरु आफैंले तोकेको समयसीमा त्यतिकै गुज्रिएको छ । यससँगै दलहरुलाई अझ बढी दूरीमा लैजाने देखिएको छ । बैठकपछि संविधानसभा बैठक चलिरहँदा र विपक्षीले अवरोध गरिरहँदा बाहिरिनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई सम्झाउन नसकेका कारण सहमति बन्न नसकेको आरोप लगाउनुभयो । आपूmहरु लचकतापूर्वक प्रस्तुत भएपनि प्रचण्डले मोर्चाका सदस्य दलहरुलाई सम्झाउन नसकेको उहाँको भनाई थियो । यसैगरी बैठकबाट बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नाराबाजी गर्नेबित्तिकै बैठक अबरुद्ध भइसकेकोले सभामुखले तत्कालै बैठक रोक्नुपर्दथ्यो भन्ने प्रतिक्रिया दिएका छन् । यसरी होहल्ला जारी राखेर सभामुखले संविधानसभाप्रति नै वितृष्णा फैलाउने काम गरेको उनले बताए । यसैगरी बाहिरिने क्रममा अर्थमन्त्री एवं काँग्रेस नेता डा. रामशरण महतले आपूmहरु अझै पनि वार्ताबाटै अघि बढ्न तयार रहेको भएपनि त्यस्तो बाटो सकिँदै गएको बताउनुभयो । उहाँले प्रक्रियामा जाउँ भन्दा विपक्षीहरु नमानेको बताउनुभयो । यसैगरी एमाले नेता माधवकुमार नेपालले संविधानसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै संविधानसभाध्यक्षलाई प्रक्रियमा लैजानका लागि आग्रह गरिसकिएको र त्यसै अनुसार मुलुक अघि बढ्ने बताउनुभयो । अर्कोतर्फ, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा सहमतिको वातावरण बन्दै गएकोबताउनुभयो । उहाँले विवादित विषयको अन्तरवस्तुमै छलफल सुरु भएकोले केही दिन मागेर भएपनि तत्कालै सहमति गर्न सकिने अवस्था देखेको बताउनुभयो । यसका लागि सत्तारुढ दलहरुले बहुमतको दम्भ त्याग्नुपर्ने बताउनुभयो । दलहरुबीच भएको बैठकमा मिलेका कुरालाई मस्यौदा समितिमा कसरी पठाउने, रिजर्भेसन राख्ने भनिएको शासकीय स्वरुपको विषय पनि मस्यौदा समितिमा पठाउने कि नपठाउने भन्ने विषयमा मुख्य विवाद भएको थियो । यसपछि एमाओवादीले वक्तव्य जारी गरी अहिलेको विषयमा जनतालाई जानकारी गराउने कुरा पनि ओझेलमा परेको थियो । मधेशी मोर्चाका नेता विजयकुमार गच्छदारले सहमति भएका चारवटै विषयलाई मस्यौदा समितिमा पठाउने र ६ देखि ९ प्रदेशसम्म रहने गरी टुंग्याउन एक महिनाको समय लिने बताउनुभएको थियो । तर, यस विषयमा एमाले अध्यक्षले सबै विषयमा सहमति भए मात्र तिनलाई मस्यौदा समितिमा पठाउने अन्यथा वक्तव्य जारी नगर्ने बताएको सहभागी एक नेताले जानकारी गराएका छन् । यस बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थिएन । यसैबीच, निरन्तर करिब तीन घण्टा नाराबाजी भएपछि संविधानसभाध्यक्ष सुवास नेम्वांगले बैठक शुक्रबार १ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?