बाबुराम भट्टराईलाई संवाद समितिको सभापति बनाउनु भूल भएको एमाले अध्यक्ष ओलीको भनाई,, आइतबार केही हुने पौडेलको दाबी


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति एकीकृत नेकपा(माओवादी)लाई दिनु भुुल भएको बताउनुभएको छ । नयाँ बानेश्वरमा सत्तारूढ दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले एमाओवादीलाई संवाद समितिको सभापति दिइएका कारण माघ ८ मा संविधान आउन नसकेको आरोप लगाउनुभयो । नेता ओलीले संविधानसभालाई विफल बनाउने सपना नदेख्न सबैलाई आग्रह गर्दै कुनै पनि हालतमा संविधानसभाबाटै संविधान आएर छाड्छौँ भन्नुभयो । “एमाओवादीको अलोकतान्त्रिक र संविधान विरोधी क्रियाकलाप लामो समयसम्म टिक्दैन”–उहाँले भन्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाटै संविधान जारी गर्न कसैले रोक्न सक्दैन भन्दै संविधान आउन नदिने खेलले सबैलाई दुःखित बनाएको छ भन्नुभयो । उहाँले काँग्रेस र एमालकोे वा बहुमतको चाहनालाई अल्पमतको बन्दी बनाउने प्रयास गरिएको भन्दै आगामी आइतबारदेखि संविधानसभा पुनः सञ्चालन हुने जिकिर गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?