आइतबार टुङ्गो लाग्छ : सभाध्यक्ष नेम्वाङ, एमाले र काँग्रेसबाट स्वागत


???????????????????????????????????????????????संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आइतबार बस्ने संविधानसभाको बैठकले संविधान निर्माणमा उत्पन्न गतिरोध टुङ्गोमा पुग्ने बताउनुभएको छ । बैठक स्थगन भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफूले दलका नेताहरूलाई कुनै न कुनै सहमति गर्न विभिन्न विकल्प दिएको, त्यसो नभए प्रक्रियाबाटै चालु गतिरोधलाई टुङ्गोमा पु¥याउने स्पष्ट गर्नुभयो । अध्यक्ष नेम्वाङले भन्नुभयो–“अब पछाडि फर्केर हुँदैन, एकै ठाउँमा उभिएर पनि हुँदैन, प्रक्रिया अगाडि बढ्नुपर्छ ।” उहाँले यही ११ गते आइतबार बस्ने बैठकले संविधान, नियम र स्थापित अभ्यासबमोजिम प्रश्नावली समिति गठनसम्बन्धी प्रस्तावको विषयमा टुङ्गो लाग्ने जनाउँदै त्यसपछि कार्यतालिका परिवर्तनलगायतका विषयमा प्रवेश गरिने पनि बताउनुभयो । केही दिनदेखि एमाओवादी र मधेसकेन्द्रित दलले सहमतिमै संविधान बन्नुपर्ने अडान राख्दै सो समिति गठनको प्रस्ताव अघि बढ्न नदिई संविधानसभाका बैठकहरु अवरोध गर्दै आएका छन् ।
यसैबीच, नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधानसभाको यही माघ ११ गते बस्ने बैठकमा प्रश्नावली निर्माण समिति गठनसम्बन्धी प्रस्तावले उचित समाधान पाउने कुरालाई स्वागत गरेका छन् । सभाध्यक्ष सुवास नेम्वाङले एकीकृत नेकपा (माओवादी)लगायत मधेसी मोर्चाका सभासद्ले संविधानसभाको आजको बैठकमा नाराबाजी गरिरहँदा उहाँले बैठकलाई सो जानकारी गराउँदै भन्नुभयो, “अब संविधान लेखनका लागि प्रक्रियामा अगाडि बढ्नुको अर्काे विकल्प छैन ।” सो प्रस्तावलाई संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्न नदिनका लागि एमाओवादीलगायत मोर्चाले संविधासभाको बैठक अवरुद्ध गरिरहेका छन् । बैठकबाट बाहिरिने क्रममा काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यसूचीमा रहेको विषयले अर्काे बैठकमा निष्कर्ष पाउने सभाध्यक्ष नेम्वाङले बैठकमा भन्नुभएको कुरा स्वागतयोग्य रहेको सञ्चारकर्मीलाई बताउनुभयो । उहाँले भन्नुभयो–“अब हामी माघ ११ गते अपराह्न १ बजेको प्रतीक्षामा छौँ, सो दिन उचित निकास निस्कन्छ ।” त्यसैगरी एमालेका वरिष्ठ नेता झलनाथ खनालले आइतबार बस्ने संविधानसभाको बैठकले प्रस्ताव निर्माण समितिसम्बन्धी प्रस्ताव पारित गर्ने र अवरुद्ध संविधानसभा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रस्ताव निर्माण समिति गठन साथमा संविधान लेखनका काम पनि सुरु हुन्छ भन्नुभयो ।
माघ ११ गते उपस्थित हुन आग्रह
काँग्रेस र एमालेले आइतबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुनका लागि आफ्ना सभासद्लाई निर्देशन दिएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा आज सम्पन्न संयुक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका उपसभाप िपौडेलले सो निर्देशन दिनुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?