आईपीएलमा पञ्जाबको नाटकीय जित, मुम्बईले गुमायो शीर्षस्थानमा पुग्ने मौका !
काठमाडौं । कप्तान केएल राहुलको अर्धशतक प्रेरित किङ्ग्स इलेभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल तयार गरेको थियो । मुम्बईका लागि डी ककले ४३ बलमा ३ चौका र छक्कासहित ५३ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै क्रुनाल पान्डेया र कइरोन पोलार्डले ३४र३४ तथा नाथान कोल्टरनाइलले २४ रनको योगदान गरे ।
पञ्जाबका लागि मोहम्मद शामी र अर्शदीप सिंहले २र२ विकेट लिएका थिए । १७७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा १७६ रन मात्र बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो ।
पहिलो सुपर ओभर पनि बराबरीमा टुङ्गिएपछि दोस्रो सुपर ओभरमा पञ्जाबले नाटकीय जित हासिल गर्यो । जितसँगै पञ्जाबले ९ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा फड्को मारेको छ । समान खेलबाट १२ अंक जोडेको पराजित मुम्बईले शीर्ष स्थानमा जाने मौका गुमायो ।