एक्सपर्ट एजुकेशन कप २०१५ उपाधि मेलबर्नको युनाईटेड फुटबल क्लबको पोल्टामा, क्याप्टेन लामाले लिए ब्रेक


IMG_7202 copyल्होछारको अवसरमा तामांग रिक्रिएसन क्लब सिड्नीले आयोजना गरेको ९ ए साईड एक्सपर्ट एजुकेशन कप २०१५ को उपाधी मेलबर्नको युनाईटेड फुटबल क्लबले जितेको छ । युनाईटेडले फाईनल खेलमा ग्रानभिल राईनोजलाई एकका विरुद्ध दुई गोलले पराजित गर्न सफल भएको हो । कूल १६ वटा टिम सम्मिलित प्रतियोगितामा मेलबर्नबाट मात्रै ३ वटा टिम सहभागी थिए । यस उपाधीसँगै युनाईटेडले एक हजार डलर र रनिंग शिल्ड प्राप्त गरेको छ भने दोस्रो हुने ग्रानभिल राईनोजले ५ सय डलरसहित शिल्ड प्रमाणपत्र प्राप्त गर्यो । विजयी टिमलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक सञ्जीव शर्माले नगद पुरस्कार र शिल्ड प्रदान गर्नुभएको थियो । उहाँले यस किसिमको प्रतियोगिताबाट युवा वर्गमा सकारात्मक गतिविधिप्रति आकर्षण बढ्ने भएकोले आपूmहरुले सहकार्य गरेको प्रतिक्रिया दिनुभयो । (हेर्नुहोस् भिडियो)

प्रतियोगिताको रनिंग शिल्ड भने प्रतियोगिताका निर्देशक राजु मानन्धरले हस्तान्तरण गर्नुभएको थियो । खेलपश्चात आयोजित कार्यक्रममा प्रतियोगितामा प्लेयर अफ द सिरिज ग्रानभिल राईनोजका विकास सापकोटाले प्राप्त गरे भने बेष्ट गोलकिपर ग्रानभिल राईनोजका गणेश गोदार, बेष्ट मिडफिल्डर युनाईटेड फुटबल क्लबका सुनील लामा र म्यान अफ द म्याच युनाईटेड फुटबल क्लबकै सुरज श्रेष्ठले प्राप्त गरे । प्रतियोगितामा यति फुटबल क्लब, युनाईटेड फुटबल क्लब, नेपाल युनाईटेड फुटबल क्लब मेलबर्नबाट सहभागी थिए भने सिड्नीबाट ग्रानभिल राईनोज फुटबल क्लब, लालीगुराँस फुटबल क्लब, द राईजिंग गोर्खा, रिभरउड फुटबल क्लब, वेष्ट युनाईटेड फुटबल क्लब, रकडेल ड्रागन्स, पावर फुटबल क्लब, लिम्बुवान फुटबल क्लब, सेन्ट जर्ज फुटबल क्लब, टीआरसीसी पहेंलो, टीआरसीसी नीलो, सगरमाथा फुटबल क्लब, हर्नस्बे नेप्लीज फुटबल क्लब गरी १६ वटा टिम सहभागी रहेको तामांग रिक्रिएसन क्लबका तेजमान तामांगले जानकारी दिनुभएको छ ।
क्याप्टेनको बिदाई
प्रतियोगिता लगत्तै एमएनटीभीसँग कुरा गर्दै विजयी टिम युनाईटेड फुटबल क्लबका क्याप्टेन सुनील लामाले भावुक हुँदै भने, टिमका लागि मेरो यो अन्तिम खेल हो । म मेलबर्न छोडेर दुई वर्षको लागि एडिलेड जाँदैछु । त्यसैले साथीहरुले यो जीत तिम्रो निम्ति समर्पण गरेका छौं भन्दा निकै भावुक बनेको छु । तर, यो खेल जसरी पनि जित्नुपर्छ भन्दै सबै साथीभाईले खेले । त्यसैले म यो जीत कोच र सबै साथीहरुलाई नै समर्पण गर्न चाहन्छु । हामी खुशी छौं । (हेर्नुहोस् भिडियो)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?