आईपीएलमा कोलकातामाथि बैंगलोर ८ विकेटले विजयी !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । कोलकाताले दिएको झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलको दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबार राति शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा बैंगलोरले कोलकत्तालाई आठ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेकोको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो ।
बैंगलोरका लागि देवदूत पड्डीकल २५ र आरोन फिन्चले १६ रन जोडे । गुर्किरात सिंह २१ र कप्तान विराट कोहली १८ रनमा अविजित रहे । पहिलो ब्याटिङ गरेको कोलकत्ता बैंगलोरसामू निरिह देखियो । उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।
कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाउँदा कोलकत्ताका लागि लक्की फर्गुसन १९, कुलदिप यादवले १२ र टम बानटनले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका मोहमद सिराज ३, युजभेन्द्र चाहल २, नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।
कोलकत्तामाथि सहज जित दर्ता गरेसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा रहेको कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ ।