चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्षस्थानमा !


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतशुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । १ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेट लक्ष्य पूरा गरेको हो ।

मुम्बईका इशान किशन र क्विन्टन डी ककले अविजित ६८ र ४६ रन बनाए । ​चेन्नईका लागि साम करणले अर्धशतकीय इनिङ्स खेले उनले ५२ रन बनाए । इमरान ताहिर १३, कप्तान महेन्द्र सिंह धोनी १६ र शार्दुल ठाकुरले ११ रन मात्र बनाए । ​​

चेन्नईको इनिङ्स धराप पार्न मुम्बईका ट्रेन्ट बोल्ट ४, राहुल चाहर र जस्प्रित बुम्राहले २–२ विकेट लिए भने कल्टर निलले १ विकेट हात पारे । जीतसँगै मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंङलोरको पनि १४ अंक नै भएपनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?