हैदरावादमाथि पन्जाबको जित, प्लेअफमा पुग्ने सम्भावना कायमै !
काठमाडौँ । युएईमा जारी १३ औं संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १२७ रनको लक्ष्य भेट्न नसक्दा हैदराबाद पराजित भएको हो । हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै ११४ रनमा समेटियो ।
हैदराबादका लागि कप्तान डेभिड वार्नर ३५, विजय शंकर २६, जोनी बेयरस्टोले १९ रन जोड्दा मनिस पाण्डेले १५ रनमा समेटिए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३र३ विकेट हात पारे भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोस्नोईले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पन्जाबका लागि निकोलस पुरन ३२, कप्तान केएल राहुल २७, क्रिस गेलले २०, मन्दिप सिंहले १७ रन बनाए भने ग्लेन म्याक्सवेले १२ रनमा समेटिए । हैदराबादका रासिद खान, सन्दीप शर्मा र जासन होल्डरले २–२ विकेट लिए । पाँचौँ स्थानको पन्जाबले प्ले अफ सम्भावना समेत जीवित राखेको छ । जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । उसले प्ले अफ सम्भावना जीवितै राखेको छ । तालिकाको छैटौं स्थानमा रहेको हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ ।