डिएगो म्याराडोना अस्पताल भर्ना


एजेन्सी । अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी तथा प्रशिक्षक डिएगो म्याराडोना हस्पिटल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या आएपछि अर्जेन्टिनाको ला प्लाटा क्लिनिकमा भर्ना भएको स्काइ स्पोर्टले लेखेको छ ।

उक्त हस्पिटल अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्सबाट लगभल एक घण्टाको दुरीमा रहेको छ । अस्पतालको इमर्जेन्सीमा भर्ना भएका भएता पनि म्याराडोनाको स्वास्थ्य अवस्था गम्भीर नभएको बताइएको छ ।

म्याराडोनाले केही दिनअघि मात्रै ६० वर्षको जन्मदिन मनाएका छन् । ६० वर्षीय म्याराडोना अर्जेन्टिनाको स्थानीय क्लब जिम्नासियामा प्रशिक्षकको रूपमा काम गरिरहेका छन् ।

सन् १९८६ मा अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जित्दा म्यारोडाना नायक थिए । उनलाई अर्जेन्टिनाको फुटबल इतिहासमा सबैभन्दा सफल खेलाडीको रूपमा लिइन्छ ।

अस्पताल भर्ना भएता पनि उनी कोरोनाका कारण भर्ना नभएको अर्जेन्टिनाको खेल पत्रिकाले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?