आइपिएलबाट सेन वाट्सनको सन्यास


HYDERABAD, INDIA – MAY 12: Shane Watson of the Chennai Super Kings bats during the Indian Premier League Final match between the the Mumbai Indians and Chennai Super Kings at Rajiv Gandhi International Cricket Stadium on May 12, 2019 in Hyderabad, India. (Photo by Robert Cianflone/Getty Images)

काठमाडाैँ । अस्ट्रेलियन भेटरान क्रिकेटर सेन वाट्सनले इण्डियन प्रिमियर लिग(आइपिएल)बाट सन्यास लिएका छन् । उनले मंगलबार आइपिएलबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले ट्वीटर मार्फत जानकारी दिँदै आइपिएलबाट सन्यासको घोषणा गरेका हुन् । वाट्सनले २०२० को आइपिएल चेन्नइ सुपर किंग्सबाट खेलेका थिए ।

उनले ट्वीटरमा भिडियो सार्वजनिक गर्दै भनेका छन्,’एउटा अध्याय सकियो, अब अर्को अध्याय सुरू हुनेछ ।’ वाट्सनले आइपिएलको अन्तिमा खेलमा नै सन्यासबारे केही जानकारी दिएका थिए ।

चेन्नइ सुपर किंग्सले आइपिएलको अन्तिम खेल किंग्स इलाभेन पञ्जावको विरूद्ध खेलेको थियो ।

वाट्सन २ वर्षअघि चेन्नइमा अनुबन्ध भएका थिए । २०१५ बाट नै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । २०१८ मा चेन्नइले आइपिएलको उपाधी जित्दा उनले महत्वपूर्ण भूमिका निभाएका थिए । उनको महत्वपूर्ण सतक सहित चेन्नइ आइपिएलको विजेता भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?