नारी निकुञ्ज अष्ट्रेलिया र द लायन्स क्लबबीच सम्झौता
द लाइन्स क्लब अफ काठमाडौं कञ्चनजंघाले गोर्खा जिल्लामा पाठेघर सम्बन्धी समस्याबाट पीडित महिलाहरुको परीक्षण सम्पन्न गरेको छ । परीक्षणपश्चात सर्जरी गर्न आवश्यक महिलाहरुलाई गत सोमबारबाट शुष्मा कोइराला मेमोरियल हस्पिटलमा सर्जरी गरिने यस परियोजनाकी संयोजक प्रतिज्ञा अधिकारीले बताउनुभयो । नारी निकुन्ज अष्ट्रेलिया र नेपाल को द लायन्स क्लब अफ काठमाडौं कञ्चनजंघाबीच पाठेघर खस्ने समस्याबाट पीडित महिलाको उपचारका लागि एउटा सम्झौता पत्रमा केही हप्ताअघि हस्ताक्षर भएको थियो । सम्झौता अनुसार नारी निकुन्ज अष्ट्रेलियाले लायन्स क्लबलाई ३ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । यस्सै गरी हेल्पिङ हेण्ड नेपाल र एनआरएन उमन फोरम नारी निकुन्ज अष्ट्रेलियाबीच पठेघर खस्ने समस्याबाट पीडित थप २० महिलाको उपचारका लागि सम्झौता भएको नरी निकुन्जकी सचिव श्रीजना सँग्रौलाले बताउनु भएको छ ।