एक सय १२ वर्षका भए सबैभन्दा बढी उमेरसम्म बाँच्ने जपानी रेकर्डधारी बृद्ध, जन्मदिनको परिवारजनमा उल्लास


japanगत अगस्तमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको जापानी नागरिक सकारी मोमोई बिहीबार ११२ वर्षको जन्मदिन मनाउनु भएको छ । टोकियोनजिकै सैतामा सहरमा बसोबास गर्दै आउनुभएका मोमोईको अझै पनि स्वास्थ्य राम्रो रहेको बताइएको छ । तापनि हाल उहाँ टोकियोस्थित स्वास्थ्योपचार केन्द्रमा रहँदै आउनुभएको त्यहीँ नै परिवारजनको साथैमा जन्मदिन मनाउन लाग्नुभएको हो । मोमोई सन् १९०३ को फेब्रुअरी ५ मा फुकुसिमा प्रान्तमा जन्मिनु भएको थियो । उहाँ कृषि तथा रसायनशास्त्रका शिक्षक हुनुहन्थ्यो । फुकुसिमा र सैतामा सरकारी विद्यालयमा उहाँ प्रधानाध्यापकका रूपमा कार्यरत हुनुभएको बताइएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबैभन्दा वृद्धा महिला पनि जापानिज नागरिक नै रहेका छन् । मिसाओ ओकावा नाम गरेकी ती विश्वकै ज्येष्ठ महिला आगामी महिनामा ११७ वर्षका पुग्नु हुने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?