अभिनेता अर्जुन रामपालको घरमा प्रहरीको छापा, बुधबार बयान लिने !
एजेन्सी । बलिउड ड्रग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा लागुऔषधि नियन्त्रण ब्युरो (एनसिबी) ले छापा मारेको छ। रामपालको मुम्बइ बान्द्रास्थित घरमा एनसिबीले छापा मारेको हो । उनको घरमा खानतलासी गर्दै गर्दा घरमा रहेका मानिससँग एनसीबीले सोधपुछ गरेको थियो ।
अभिनेता अर्जुनलाई बुधबार बयानका लागि कार्यालयमा उपस्थित हुन सूचना पनि जारी गरेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । एनसीबीको आधिकारिक सूत्रले सोमबार अर्जुन रामपालको घरमा ८ घण्टासम्म खानतलासी गरेको र उनका मोबाइललगायत इलेक्ट्रोनिक सामान सिज गरेको जानकारी दिएको छ ।
सुशान्त सिंह राजपुतको मृत्युको मामलामा बलिउडको ड्रग्स कनेक्सन सार्वजनिक भएको थियो । यसपछि फिल्म उद्योगसँग जोडिएका पत्र–पत्र उप्काउन थालिएको छ । गत महिना अर्जुनकी गर्लफ्रेन्ड गेब्रिएलाका भाइलाई ड्रग्स केसमा एनसिबीले गिरफ्तार गरेको थियो ।