एक वर्षदेखि लागेको कफ्र्यू हटेपछि बग्दादमा खुशीयाली


IRAQ CONFLICTSलगभग एकवर्ष अघिदेखि इराकको राजधानी बग्दादमा रात्रिकालीन कफ्र्यू लाग्दै आएकोमा कफ्र्यू हटाइएको छ । राजधानी बग्दादमा रात्रिकालीन कफ्र्यू लाग्दै आएकोमा आज बिहान सवेरैदेखि सो कफ्र्यू हटाइएको छ । कफ्र्यू हटाइएको खुसियालीमा बग्दादवासीहरूले बिहान सवेरै सडकहरूमा आ–आफ्ना गाडी गुडाउँदै इराकी झण्डा फहराउँदै र हर्न बजाउँदै कफ्र्यू हटेकोमा खुसी व्यक्त गरेका छन् । गाडीलाई जोडले चलाउँदा पाङ्ग्रा सडकमा रगडिएर उठेको धुँवाले धेरैजसो ठाउँ धुँवाले भरिएको थियो । स्थानीय समयअनुसार बेलुकादेखि सुरुभई बिहान ५ बजेसम्म कफ्र्यू लाग्दै आएकोमा केही दिनयता समय घटाई मध्यरातदेखि बिहान ५ बजे सम्म कफ्र्यू लगाउँदै आएको थियो । इराकी प्रधानमन्त्री हैदर अल अबादीको आदेश आइतबार बिहानदेखि कफ्र्यू पूरै हटाइएकोमा स्थानीय जनताले खुसी प्रकट गरेका छन् । सडकमा खुसीयाली मनाउन केही युवाहरू आफ्नो गाडीमा रहेको म्युजिक स्टिमबाट ठूलो आवाजमा गीत बजाउँदै हिडीरहेका थिए, भने कोही ‘इराकको चिरायु होस’ भन्ने नारा लगाइरहेका थिए । इराकमा आइएस विद्रोही र अन्य सशस्त्र समूहले साँझदेखि नै बम गोली बारुदको आक्रमणबाट त्यहाँको जनजीवन त्रस्त पारेको हुनाले सरकारले गत वर्षदेखि नै सुरक्षाका दृष्टिले रात्रिकालीन कफ्यु लगाउँदै आएको थियो । गत शनिबार कफ्र्यू लाग्नु केही घन्टाअघि मात्र बग्दादमा एक आतङ्ककारी आक्रमणमा ३२ जनाको मृत्यु हुनुको साथै ७० जना घाइते भएका थिए । गत एक वर्षदेखि जारी यस कफ्र्यूको समय परिवर्तन भइरहेको तर केही समययता मध्य रातदेखि बिहान ५ बजेसम्म जारी रहेको जनाइएको छ । इस्लामिक स्टेटविरुद्ध इराकी सैनिकले जारी राखेको स्थलगत कारबाही प्रभावकारी भएको हुनाले सो कफ्र्यू हटाइने निर्णय गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?