ईबोला मिशन अन्त्य भएको घोषणा गर्दै अमेरिकी सैनिक अप्रिल ३० भित्र फिर्ता हुने


ebolaदक्षिण अफ्रिकामा इबोलको प्रकोपका कारण त्यहाँ खटिएका सबै अमेरिकी सैनिक आगामी अप्रिल ३० सम्ममा घर फर्किने अमेरिकी रक्षामन्त्रालय पेन्टागनले मङ्गलबार जानकारी दिएको छ । विगतका कयौँ महिनादेखि अमेरिकी प्रतिरक्षा मन्त्रालयले इबोला उपचारमा संलग्न समूहको जीवनरक्षाका लागि आवश्यक सहयोगसहितका साधन र सयौँ स्थानीय र अन्तर्राष्ट्रिय तालिम प्राप्त स्वास्थ्यकर्मी दक्षिण अफ्रिका पठाएको थियो । अब ती सैनिकको समूह नै स्वदेश फर्किन लागेको पेन्टागनका प्रेस सचिव जान किर्बेले बताउनुभएको छ । इबोला प्रकोप नियन्त्रणका लागि दुई हजार ८०० अमेरिकी सैनिक पश्चिम अफ्रिकामा पठाइएको र तीमध्ये एक हजार ५०० फर्किसकेका र बाँकी रहेका पनि आगामी ३० अप्रिलबाट फर्किने पेन्टागनले जानकारी दिएको हो । यसैबीच आगामी दिनमा इबोला उपचारका नयाँ कार्यक्रमहरूका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले नयाँ घोषणा गर्न लाग्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?