सहमतिमा संविधान जारी गर्न नेपाली काँग्रेस लचिलो हुन तयार छ – देउवा, सहमतिका नाममा अनावश्यक हठलाई नस्वीकार्ने काँग्रेस उपसभापति पौडेलको धारणा


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिमा संविधान जारी गर्ने विषयमा काँग्रेस लचिलो हुन तयार रहेको बताउनुभएको छ । नेपाल महिला सङ्घ झापाको विर्तामोडमा आयोजित पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहमतिका लागि एमाओवादी र मधेसी दललाई बाटो खुल्ला गरेको बताउनुभयो । नेता देउवाले भन्नुभयो – “उसको कुरा मान्दामात्रै सहमति गर्ने तर, अरूको कुरामा सहमति नगर्ने परिपाटीले कहिले पनि सहमति हँुदैन ।” सहमति नै अहिलेको आवश्यकता भएको बताउँदै उहाँले सहमति नखोजी काँग्रेसले संविधानको प्रक्रिया अगाडि बढाउन नचाहेको उल्लेख गर्नुभयो । शान्ति प्रक्रिया र १२ बुँदे सहमतिमै रहेर संविधान जारी गर्ने विषयमा एमाओवादी नै स्पष्ट नभएकोसमेत नेता देउवाको आरोप थियो ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूहरू सबैलाई समेटेर संविधान निर्माण गर्न तत्पर रहेको बताउनुभएको छ । नेपाली काँग्रेस सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको बुद्धिजीविसँगको अन्तरक्रियामा बोल्दै उपसभापति पौडेलले सहमतिका नाममा अनावश्यक हठलाई स्वीकार्न सकिंदैन भन्नुभयो । “अन्तर्राष्ट्रिय जगतबाट पनि सहमतिको संविधान बनाउने कुरा आइरहेको छ, हामी पनि सहमतिकै लागि प्रयास गरिरहेका छाँै”, उहाँले भन्नुभयो, “तर सहमतिको नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाएर जनताको अभिमतलाई सधैँ रोक्न सकिँदैन ।”जनताको मतलाई रोकेर राख्नु, मुलुकलाई सङ्क्रमणकालमा अल्मल्याइरहनु अधिनायकवादकै उदाहरण भएको जिकिर गर्दै उपसभापति पौडेलले आफूहरू यस्तो अधिनायकवादको मतियार बन्न नसक्ने बताउनुभयो । संविधानका लागि धेरै विषयमा करिब कुरा मिलिसकेको, प्रदेश विभाजनका विषयमा मात्र केही कुरा नमिलेका अवस्थामा वार्ता र सहमतिलाई वाइपास गरेर आन्दोलनमा उत्रिनुको कुनै तुक छैन उहाँले भन्नुभयो । नेपाल शिक्षक सङ्घ, पत्रकार, कानुन व्यवसायी, प्राध्यापक सङ्घका प्रतिनिधिहरूसँग आयोजना भएको अन्तरक्रियामा नेवि सङ्घका सभापति सभासद् रञ्जीतकुमार कर्ण, नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरी, कल्याण गुरुङ, सभासद् सुरेन्द्रप्रसाद यादवलगायतले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?