कंगना विरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडाैँ । बलिउड अभिनेत्री कंगना रनाैटको मुद्दामा आज सुनुवाइ हुँदैछ । रनाैटविरूद्ध राज्यद्रोहको अभियोगमा परेको मुद्दा बम्बे हाईकोर्टले सुनुवाई गर्दैछ ।
कंगना र उनकी बहिनीविरूद्ध धर्मको आधारमा मानिसलाई भड्काउने कोशिस गरेको र राजद्रोहको आरोप लागेको छ । एफआईआर दर्ता भएसँगै उनीहरू २ जनाले नै उक्त एफआईआर रद्द गर्न प्रहरीसँग अनुरोध गरेको बताइएको छ ।
प्रहरीले बारम्बार चाैकीमा उपस्थित हुनः आदेश दिँदा पनि उपस्थित भएकी थिइनन् । सोमबार पनि प्रहरीले रनाैटलाई उपस्थित हुन आदेश दिएको थियो ।
उनले सोमबार हाइकोर्टमा एफआईआर रद्द गर्न आग्रह गरेको भारतीय मिडियामा उल्लेख छ ।