बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण !
काठमाडौँ । बलिउड अभिनेता तथा लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ । संक्रमण देखिएसँगै ६४ वर्षीय देओलले आफू आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् । उनले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र आवश्यक परे कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन् ।
देओल केही दिनदेखि हिमाचल प्रदेशको कुल्ली क्षेत्रमा बस्दै आएका छन् । हातको शल्यक्रियापछि उनी कुल्लीमा रहेको फ्राम हाउसमा आराम गर्न पुगेका थिए । मुम्बई फर्कन अघि पीसीआर परीक्षण गराउँदा उनीमा संक्रमण देखिएको हो ।