प्रहरीले यौनधन्दा हुने भन्दै होटलहरुमा छापा मार्न थालेपछि चितवनका होटलहरु अनिश्चित कालका लागि बन्द


chitwanसुरÔित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी सङ्घ चितवनले अनिश्चितकालका लागि होटल बन्द गराएको छ । सङ्घले आजदेखि मुग्लिनबाट भरतपुर Ôेत्रसम्म रहेका होटल, रेस्टुराँ तथा गेष्टहाउस अनिश्चितकालसम्मका लागि बन्द गरेको हो । सङ्घका अध्यÔ डासीराम ढकालले जिल्लाका होटल व्यवसायलाई धरासायी बनाउने योजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्टहाउसमा बसेका पाहुना तथा व्यवसायीलाई हिरासतमा लिने कार्यको विरुद्धमा आन्दोलनमा उत्रनुपरेको बताउनुभयो । उहा“ले भन्नुभयो – जबसम्म सुरÔित वातावरण बन्दैन तबसम्म हामी व्यवसाय गर्न सक्दैनौँ । उहा“ले जिल्लाभित्र सुरÔित रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरणको प्रत्याभूति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताउनुभयो । नारायणगढमा पत्रकार सम्मेलन गरी सङ्घले होटल तथा रेस्टुराँ बन्द आह्वान गरेको हो । सङ्घका निवर्तमान अध्यÔ इमान्दु बरालले प्रहरीले होटलमा भएको इन्ट्री बुकलाई पनि बेवास्ता गरी जबर्जस्ती ग्राहकलाई लिएर गई हिरासतमा राख्ने कार्य गर्दै आएकामा आपत्ति जनाउनुभयो । प्रहरीले शनिबार भरतपुर र नारायणगढका होटलमा छापा मारेर ४९ जनालार्ई पक्राउ गरेको थियो । यसको विरोधस्वरुप व्यवसायीले आफ्नो व्यवसाय बन्द गरेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?