अब न्युजिल्यान्डले पनि इराकमा सैनिक पठाउने


NZइस्लामिक स्टेट (आइएस) लडाकूसँगको लडाइका लागि न्युजिल्यान्डले १०० भन्दा बढी सैनिक इराक पठाउने प्रधानमन्त्री जोन किले मङ्गलबार घोषणा गर्नुभएको छ । सैनिक तालिम मिसनमा ती सैनिकहरूलाई पठाइने न्युजिल्यान्ड सरकारले घोषणा गरेको बताइएको छ । हाल जारी रहेको अन्तर्राष्ट्रिय गठबन्धनमा आइएस विरुद्धको कारबाहीमा न्युजिल्यान्डको पनि योगदान रहने प्रधानमन्त्री कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । आइएस विरुद्धको लडाइँमा इराक र सिरियाली क्षेत्रमा ६२ राष्ट्रका सैनिक गठबन्धनमा न्युजिल्यान्डको पनि सहभागिता रहेको प्रधानमन्त्री किले बताउनुभएको छ । न्युजिल्यान्डबाट पठाइने सैनिकहरूले युद्ध भूमिमा गई युद्ध भने नगर्ने तर आइएसको लडाइँको लागि इराकी सुरक्षाबललाई तालिम दिई सैनिक कार्य क्षमतामा वृद्धि गरी गर्ने काममा सघाउने बताइएको छ । यसै महिनाको सुरुमा इराकी विदेशमन्त्री डा इब्राहिम अल जाफारीले आइएसविरुद्धको लडाइँका लागि औपचारिक रुपमा न्युजिल्यान्डसँग सैनिक सहयोगकको माग गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?