पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन, उच्च क्षेत्रमा हिमपात, काठमाडौंमा चीसो


weatherमौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको जनाएको छ । भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग नजिक भएपछि अहिले त्यसको असरले काठमाडौँ उपत्यकालगायत स्थानमा वर्षा भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । नेपालको पश्चिमी भेगमा सो वायु अघिल्लो दिन प्रवेश गरी डडेल्धुरा क्षेत्रबाट देशको मध्य भाग तथा शुक्रबार पूर्वी भेगमा पुग्नेछ । काठमाडौँमा सुरु भएको वर्षा साँझ केही समय रोकिएर पुनः रातभर हुनेछ ।
वर्षात् सामान्य
शुक्रबार भने मौसममा केही सुधार आए पनि पूर्ण सुधार हुन अरु दुई तीन दिनसम्म लाग्नेछ । विराटनगर तथा झापाको क्षेत्रबाहेक मुलुकका अधिकांश स्थानमा पश्चिमी वायुको असर देखिएको मौसमविद् पौडेलले बताउनुभयो । डिसेम्बर, जनवरी र फेब्रुअरी जाडोको मौसम भएकाले महाशाखाले अहिले भएको वर्षात्लाई सामान्य मानेको छ । फेब्रुअरीमा करिब १८ मिलि बर्सात् हुनुपर्नेमा जम्मा १२ मिलिलिटर मात्र बर्सात् भएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?