ल्युकिमियाबाट पीडित ब्रिसबेनका उज्वल पौडेललाई सहयोग गर्न आह्वान


ujjwal Bhai 1चितवन समाज अष्ट्रेलियाले एक प्रकारको रक्त क्यान्सर ल्युकिमिया रोगबाट संक्रमित भएका नेपाली युवा उज्वल पौडेललाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै समाजका अध्यक्ष बुद्धि डल्लाकोटीले जुटपानी ७ सूर्यपुर चितवन घर भएका पौडेलको यतिबेला प्रिन्स अलेकजेन्ड्रा अस्पताल ब्रिसबेनमा उपचार भइरहेको र उहाँको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले सुझाएको बताउनुभयो । अष्ट्रेलियामा स्वास्थ्य बिमा अनिवार्य गरिएको भएपनि त्यसले कभर गर्ने विषयमा अस्पताल र सामाजिक कार्यकर्ताहरु मार्फत समन्वय जारी रहेको डल्लाकोटीको भनँई छ । यसका अलावा अन्य विविध खर्चहरु ईन्स्योरेन्सभन्दा बाहिर पर्ने भएकोले पौडेलको उपचारमा कठिनाई रहेको कारण सहयोगका निम्ति आह्वान गरिएको उहाँको भनाई छ । विज्ञप्तीमा भनिएको छ, अस्पतालका अनुसार कूल उपचार खर्च ९० हजार अष्ट्रेलियन डलर रहेको छ । तसर्थ भाईको उपचारमा सहयोगका लागि म सबै प्रवासी नेपालीलाई सादर अनुरोध गर्दछु । हामी र हाम्रो संस्था भाइसँग नियमित सम्पर्कमा रहेका छौं र उहाँ दिनानुदिन सुधारको गतिमा अगाडि बढिरहनुभएको छ । रोगलाई परास्त गर्न उहाँलाई तपाईंहामी सबैको सहयोगको आवश्यकता छ ।
सहयोग राशी जम्मा गर्नका लागि डल्लाकोटीले उपलब्ध गराउनुभएको चितवन समाज अष्ट्रेलियाको खाता नम्बर यसप्रकार रहेको छ

  • BSB : 062-223
  • Account Number – 11059599
  • Account Name – Chitwan Samaj Australia Inc.
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?