अफगानिस्तानमा हिमपहिरोमा परी मृत्यु हुने २१६, सहयोगका लागि राष्ट्रपतिको निर्देशन
गत सोमबार अफगानिस्ताको पूर्वी प्रान्त पाञ्जसिरमा आएको हिमपहिरोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २१६ पुगेको समाचार छ । थप शव भेटिएपछि ज्यान जानेको सङ्ख्या २१६ पुगेको बताइएको हो । अफगानिस्तानका अधिकारीहरुले दिएको जानकारीअनुसार यस हिमपहिरोमा परी मारिने व्यक्तिको सङ्ख्या २१६ पुगेको छ । अहिले पनि अझै दर्जनौँ व्यक्ति बेपत्ता रहेका बताइएको छ । त्यसैले मृत्युहुने व्यक्तिको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ । अफगानिस्तानको विपद व्यवस्थापन विभागका प्रमुख डिम ककरले दिएको जानकारीअनुसार सो क्षेत्रमा अहिले पनि मौसम अत्यन्तै चिसो रहेको र हिउँ परिरहेकोले उद्वारको काम प्रभावकारी हुन सकिरहेको छैन । यसअघि पनि बेपत्ता रहेका व्यक्तिको सङ्ख्या बढिरहेको हुनाले हताहतको सङ्ख्या बढ्न सक्ने बताइएएको थियो । उद्धार अधिकारीहरुले बिहीबारमात्र उत्तरी काबुलको पाञ्जसिरमा १६८ वटा शव एकै स्थानमा भेटिएको जनाएका थिए । उद्धारको काम निकै गाह्रो भएको बताइएको छ । भारी हिमपातका कारण स्थानीय प्रकोप नियन्त्रण अधिकारीहरू उद्धारकार्यमा असफल रहेको बताइरहेका बोला थप शवहरु भेटिदै गएको छ । सरकारी उद्वारकर्मीहरु यसका लागि लागि परेका छन् । तरपनि काम प्रभावकारी हुन नसकेको भन्दै देशव्यापी रुपमा सरकारी कार्यशैलीको निकै आलोचना गरिएको छ । अफगानिस्तानको राजधानी काबुलदेखि २०० किलोमिटर उत्तरमा सो दुर्घटनास्थल पर्दछ । प्रमुख दुर्घटनास्थल पाञ्जसिर हो र त्यहाँमात्र १८२ जनाको सव भेटिएको छ । सो क्षेत्र वरपरका पहाडमा पनि व्यापक मात्रामा हिमपात भइरहेको बताइएको छ । विपद व्यवस्थापन प्रमुख ककरले भन्नुभयो– उक्त हिमपहिरोका कारण कम्तीमा पनि १०० घर ध्वस्त भएका छन् । अफगानिस्तानको केही भागमा केही हप्तायतादेखि हिमपहिरो जारी रहेको छ । जारी हिमपातका कारण दर्जनौँ व्यक्ति घाइते भएका छन् । हिमपातबाट घाइते हुने क्रम जारी नै रहेको बताइएको छ । यस्तो हिमपहिरो सो क्षेत्रमा यसअघि कहिल्यै पनि नआएको अधिकारीहरुले जनाएका छन् । सो क्षेत्रमा अझैपनि ठूलो दुर्घटनाको आशङ्का रहेकोले त्यहाँको बस्तीलाई अन्यत्रै सारिएको छ । उद्वारका लागि प्रभावकारी रुपमा कामगर्न अधिकारीहरुले जनाएका छन् । उता अफगानिस्तानका राष्ट्रपतिले उक्त दुर्घटनामा परेका पीडितहरुलाई आवश्यक मात्रामा सहायता उपलब्ध गराउन निर्देशन दिनुभएको छ । उद्वारकर्मीहरुले प्रभावकारी रुपमा कामगर्न नसकेको भन्दै व्यापक मात्रामा आलोचना गरेकोले राष्ट्रपतिले सो निर्देशन दिनुभएको बताइएको छ ।