भारतका ८६ माझी श्रीलङ्कामा पक्राउ, विना अनुमति प्रवेश गरेको आरोप
श्रीलङ्काली जलसेनाले भारतका करिब ८६ जना भारतीय माझी पक्राउ गरेको समाचार छ । श्रीलङ्काली सेनाका प्रवक्ताले दिएको जानकारीअनुसार श्रीलङ्काली जल क्षेत्रमा बिना अनुमति प्रवेश गरेको आरोपमा ती सेना पक्राउ परेका हुन् । श्रीलङ्काली नौसेनाका प्रवक्ता इन्डिका सिल्भाले ती माझीलाई श्रीलङ्काली नौसेनाले गएराति पक्राउ गरेको छ । गत महिनामात्र श्रीलङ्कामा नयाँ राष्ट्रपति चयन भएपछि सबैभन्दा धेरै माझी गएराति पक्राउ परेका बताइएको छ । श्रीलङ्कामा नयाँ राजनीतिक नेतृत्व आएपछि यी दुई देशबीचको सम्बन्धमा थप सुुधार आउने बताइएको थियो । सो सम्बन्धको कडिस्वरुप श्रीलङ्काली राष्ट्रपतिले भारतको भ्रमण पनि गरेका छन् । यसै महिनाको सुरुमा पनि भारतीय पक्षले भारतीय समुद्रमा प्रवेश गरेका भन्दै १९ जना श्रीलङ्काली माझी पक्राउ गरिएको थियो । तर यसरी पक्राउ परेका यी दुवै तर्फका केही बन्दीहरु केही दिनमात्र अघि भएको श्रीलङ्काली राष्ट्रपतिको भारत भ्रमणका क्रममा रिहा गरिएको थियो । श्रीलङ्काको राष्ट्रपतिमा मैत्रीपाला सिरिसेना नियुक्त भएपछि त्यहाँका सो देशले करिब ८१ जना भारतीय भाझीलाई रिहा गरेको थियो । सोही अनुरुप भारले पनि छ जना श्रीलङ्काली माझी रिहा गर्नुका साथै १७ वटा डुङगा नै फिर्ता गरिदिएको थियो ।