विवादित अभिव्यक्तिपछि राजीनामा दिएका बेलायती राजदूत स्पार्क्सले गरे प्रधानमन्त्रीसँग बिदाई भेट


???????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत एन्ड्रयू जेम्स स्पार्क्सले आफ्नो कार्यकाल सकेर बेलायत फर्कनुअघि बिदाई भेट गर्नुभएको छ । प्रधानमन्त्री कोइराला र राजदूत स्पार्क्सबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा नेपाल–बेलायतको कुटनीतिक सम्बन्ध र नेपालको समसामयिक राजनीतिक अवस्थाबारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री कोइरालाले आफू मुलुकमा लोकतन्त्रको संस्थागत विकास, संविधानको निर्माण, शान्ति, स्थायित्व र विकासका लागि समर्पित भएर लागेको बताउँदै त्यसमा सबैको सहयोग र शुभेच्छाको अपेक्षा गर्नुभएको थियो । सो अवसरमा राजदूत स्पार्क्सले आफ्नो नेपाल बसाइ स्मरणीय रहनुका साथै भावनात्मक सम्बन्ध कायम भएको बताउदै आफ्नो कार्यकालमा स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा काम गर्न पाएको तथा नेपाल–बेलायतबीचमा दौत्य सम्बन्ध कायम भएको दुई शताब्दीका कार्यक्रमहरू तय भएको पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?