नेपाली दूतावासको टोलीसहित एमआरपीका विषयमा चेतना र कार्यमूलक एक दिने अभियान सम्पन्न


IMG_8137एनआरएन अष्ट्रेलिया हेल्प डेस्क, वाणिज्यदूतको कार्यालय र राजदूतावासको आयोजनामा गरिएको मेशिन रिडेबल पासपोर्ट सहयोग कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नर्थ सिड्नीस्थित महावाणिज्यदूको कार्यालयमा आयोजना गरिएको कार्यक्रमबाट करिब २ सय ५० भन्दा बढी सिड्नीवासीहरु लाभान्वित भएका छन् । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका स्वयंसेवकहरुलाई तालिम पनि दिइएको थियो । कार्यक्रममा आएकामध्ये ८० प्रतिशतभन्दा बढीले गल्ती फारम भरेर ल्याएको पाइएको थियो जसलाई तत्कालै नेपाली दूतावास क्यानबेराका डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डेले सच्याउँदै त्यसमा भएका गल्ती कमजोरीका विषयमा स्पष्ट पार्नुभएको थियो । दूतावासबाट राजदूत रुद्रकुमार नेपालसहित ५ जनाको टोली यस कार्यक्रममा सहभागी भएको थियो । यसअघि भएको औपचारिक कार्यक्रममा बोल्दै न्यू साउथ वेल्सका लागि अवैतनिक महावाणिज्यदूत दीपक खड्काले कुराभन्दा बढी काम गरेर नेपालीहरुलाई परेको समस्याको समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । यस्तै अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल, एनआरएन संरक्षक ईन्द्रा वन, एनआरएन क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, एनआरएन सचिव भरत पोखरेल, एनआरएन हेल्प डेस्कका संयोजक एवं प्रवक्ता दिनेश पोखरेल लगायतले मेशिन रिडेबल पासपोर्ट बनाउँदा आइपर्ने कठिनाईमा सहकार्यका साथ सहजता ल्याउन प्रयास गरिने बताउनुभयो ।
स्मरणीय छ, एमआरपी बनाउने फर्म आफैंले भर्दा ८० प्रतिशतभन्दा बढी गल्ती हुने गरेको र ति फर्म फेरि क्यानबेरास्थित दूतावासबाट सम्बन्धित व्यक्तिमा फर्काएर फेरि सच्याई पठाउँदा समय खेर जाने गरेको छ ।

IMG_8131यस्तै नेपाली दूतावासमा पासपोर्ट बनेर आइसकेपछि ईमेल पठाएर निवेदकसँग कन्फर्मेशन मागिने र यस्तो दूतावासको ईमेलको रिप्लाई नगर्ने कारण पनि एमआरपी बनाउँदा ढिलासुस्ती भएको बताइएको छ । कार्यक्रमपछि एमएनटीभीसँग कुरा गर्दै राजदूत नेपालले दूतावासका कर्मचारीले फोन पनि उठाउँदैनन् भन्दै आक्रोशित भएर आएका सेवाग्राही धन्यवाद भन्दै फर्केकोमा आपूmलाई खुशी लागेको र एनआरएनले यस किसिमको चेतनामूलक कार्यक्रमको संयोजन गरेकोमा धन्यवाद दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?