दुर्घटनाग्रस्त विमान धावनमार्गबाट हटाइदै, खुलेपछि विमानस्थल २४ घण्टा नै सञ्चालन गरिने


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त विमानलाई हटाउने प्रयास जारी छ। जहाजको अगाडिको भागलाई उठाईसकेको भएपनि त्यसलाई निर्धारित ठाउँसम्म लैजानका निम्ति समय लाग्ने देखेपछि विमानस्थलले विहान १० बजेसम्मका लािग स्थगित गरेको उडान साँझ ५ बजेसम्म फेरि स्थगित गरेको सूचना दिएको छ। यसअघि विमानस्थल सुचारु हुनसक्ने आशय व्यक्त गर्दै विमानस्थल श्रोतले जानकारी दिएको थियो। बुधबार टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा दुर्घटनापछि अवरुद्ध धावनमार्ग खुलाउन समय लाग्ने भएकाले उडान बन्द गरिएको थियो। यसअघि, टर्किस एयरलाइन्सको विमान दुर्घटना भएदेखि नै अवरुद्ध धावनमार्ग खुलाउन त्यसक्षेत्रमा दक्ष जनशक्ति र उपकरणको प्रयोग गरी युद्धस्तरमा काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताउनुभएको थियो। भारतीय विशेष विमानमार्फत हिजो अपराह्न १ बजे विमानलाई सुरक्षितरुपमा उठाउने उपकरण ९एयर ब्याग० सहित २५ जनाको विज्ञ टोली आई काम सुरु गरिसकेको थियो । जम्मा लम्बाई १० हजार ४० फिट रहेको र सो दुर्घटना भएको विमान लम्बाईको बीचमा रहेकाले बाँकी उत्तरतर्फको आधा धावनमार्गबाट हाल आन्तरिक उडानहरू भइरहेका छन् ।
त्रिसट्ठीवर्षे विमान उड्डयन इतिहासमा पहिलो दुर्घटना
इतिहासमा विरलै हुने यस किसिमको दुर्घटना नेपालको विमान उड्डयन सेवाको ६३ वर्षे इतिहासमा यो पहिलो घटना भएको विमानस्थल कार्यालयले जनाएको छ । नेपालका लागि यस किसिमको दुर्घटना पहिलो भएकाले पनि यहाँका उद्धारकर्मीलाई विमान हटाउन अफ्ठ्यारो हुनुका साथै उपकरण पनि भारतबाट ल्याउनुपरेको कार्यालयले जनाएको छ । घटना घटेलगत्तै उद्धार गर्ने यस्ता उपकरण सामग्री विमानस्थल साँघुरो भएकाले राख्न नसकिने र यस्ताखालका महँगा विशेष उपकरण छिमेकी मुलुक भारतमा र थाइल्यान्डमा एक÷एकवटा रहेका छन् । विमान सो क्षेत्रबाट हटाउन विमानको वरपर रहेको घाँसे मैदानमा ५ डोजरले दुर्घटना भएको दिनदेखि नै नियमित काम गरेर पक्कि बाटो बनाइरहेका छन् भने एअरब्याग जमिनमा राखी फुलाएर धस्सिएको विमान माथि उठाउने बताइएको छ । जमिनमा धस्सिएको विमानको चक्का र गियरबक्समा क्षति पुगेकाले ती सामग्री फेरेर मात्र विमानलाई एयरक्राफ्ट रिमुभल किटको सहयोगमा सारिने कार्यालयले बताएको छ । उडान अवरुद्ध हुदाँ कति क्षति भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा महानिर्देशक सुमनले भन्नुभयो, “नियमित आर्थिक कारोबारबाहेक अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा कत्तिको प्रवेशाज्ञाको समय सकिँदैछ भने कतिको अध्ययन र आवश्यक बैठक तथा भेटघाट पनि हुन नसकेकाले क्षतिपूर्तिको मूल्याङ्कन गर्नै सकिँदैन ।” विमानस्थलको प्रारम्भिक अनुसन्धानअनुसार कमजोर ‘भिजिबिलिटी’का कारणले बुधबार बिहान सो विहान दुर्घटना भएको अनुमान गरिएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवरोध हँुदा सबै अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएपछि यतिखेर मुलुकमा समानान्तर धावनमार्ग वा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको टड्कारो आवश्यकता महसुस गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?