बैंक तथा वित्तीय संस्थालाई शेयर खरिदमा सीमा


काठमाडौं, भाद्र ४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले खरिद गर्ने सेयर लगानीको सीमा तोकेको छ । उनीहरुले चुक्ता पूँजी र र जगेडा कोषको एक प्रतिशतसम्म मात्रै अन्य कम्पनीको सेयर किन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

केन्द्रीय बैंकले बोनस शेयर वितरणलाई बढावा दिने गरी बुधबार निर्देशिका जारी गरेको हो । बैंकले जारी गरेको निर्देशिकामा चुक्ता पुँजी बृद्धि गर्ने प्रयोजनको लागि सिर्जना गरिएका वा अन्य कोषबाट यस्तो प्रयोजनार्थ रकमान्तर गरिएका रकमलाई पुँजी समायोजन कोष शीर्षक अन्तर्गत राख्नुपर्ने व्यवस्था गरेको छ ।

पुँजी फिर्ताजगेडा कोषमा बाँकी रहेको रकम समेत यस कोषमा रकमान्तर गर्नुपर्नेछ । यस कोषमा रहेको रकम पुँजी बृद्धि गर्न बोनस शेयर जारी गर्ने प्रयोजन बाहेक अन्य कुनै प्रयोजनका लागि रकमान्तर गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

साथै ‘घ’ वर्गका वित्तीय संस्थाको संस्थापक शेयरमा गरेको लगानीलाई समेत अप्रत्यक्ष रुपमा विपन्न वर्गमा प्रवाह गरिएको कर्जा सरह गणना गरिने केन्द्रीय बैंकको निर्देशिकामा उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?