अष्ट्रेलियामा धमाधम आइपुगे नेपाली चर्चित कलाकारहरु, विभिन्न राज्यमा विविध कार्यक्रम हुँदै


Arrivedतीतोसत्य मेरी बास्सै साँझ मार्च ७ तारिखमा आयोजना हुनुपर्ने थियो । तर, नेपालमा विमानस्थल नै बन्द भएपछि यो कार्यक्रम पछि सर्न पुग्यो अब सिड्नीमा मार्च १९ तारिखका दिन कार्यक्रम हुने भएको छ । यही कार्यक्रममा सहभागी हुनका लागि चर्चित हाँस्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौला सिड्नी आइपुगेका छन् । उनीहरुसँगै केदार घिमिरे (माग्नेबुढा) विल्सनविक्रम राई पनि सिड्नी आइपुगेका छन् । यसअघि मार्च ७ तारिख नै मेलबर्नमा आयोजना हुने एनआरएन साँझमा सहभागी हुन गायिका कोमल ओली र ईन्दिरा जोशी मेलबर्न आइसकेका छन् । उनीहरु एकदिनको मेलबर्न बसाईपछि सिड्नी आइपुगेका छन् । किनकि पहिलो कार्यक्रम सिड्नीमै हुने भएको छ । आगामी शुक्रबार आयोजना हुने एनआरएन नाईटमा सहभागी हुन उनीहरु यतिबेला सिड्नी आएका हुन्। कोमल ओली, ईन्दिरा जोशीका साथ एनआरएन साँझमा भूपेन्द्र चुडाल लगायत केही स्थानीय कलाकारले पनि प्रस्तुत िदिनेछन् ।  तर, यी सबै कलाकार विभिन्न राज्यमा हुने एनआरएन साँझ र तीतो सत्य मेरी बास्सै साँझमा सहभागी हुनेसँगै मुख्यतः ब्रिसबेनमा आयोजना हुने एनआरएनको नेपाल महोत्सवमा सहभागी बन्नका लागि अष्ट्रेलिया आएका हुन् । गायिका आस्था राउत, नृत्यंगना पार्वती राई पनि नेपाल महोत्सवमै सहभागी हुन आएका हुन् । सुरुमा सिड्नीमा कार्यक्रम सकेर त्यता जाने योजना भएपनि अब सूरुमै ब्रिसबेनको कार्यक्रम हुने भएको छ ।

rishi

अर्कोतर्फ, गायिका कोमल ओली र ईन्दिरा जोशी मेलबर्न, पर्थ, सिड्नी हूँदै ब्रिसबेन पुग्ने तयारीमा भएपनि सिड्नी, ब्रिसबेनको नेपाल महोत्सव हुँदै मेलबर्न पुग्नेभएका छन् । यतिबेला अष्ट्रेलियामा नेपाली कलाकारहरुको चहलपहल देखिएको छ । नयाँ वर्ष २०७२ लाई लक्षित गरी आयोजना गरिएका कार्यक्रमका कारण पनि कलाकारहरु एकै पटक सिड्नी आइपुगेका हुन् । अर्कोतर्फ, यसअघि नै लोकगायक राजु परियार, मीना लामा, सुवोध गौतम र सुष्मा अधिकारी सिड्नीमै छन् । उनीहरु पर्थको कार्यक्रम सकेर १४ तारिख मेलबर्नमा र १५ तारिख सिड्नीमा रमाइलो साँझका निम्ति बसेका छन् ।

dharma

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?