कोरोना संक्रमित अभिनेत्री एम्बुलेन्सबाट भाग्न खोजिन्


एजेन्सी । भारतीय अभिनेत्री बनिता सन्धुलाई कोरोना संक्रमण पुष्टि भएको । सोमबार कलकत्तामा सुटिङ्गै क्रममा सन्धुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

कलकत्ता मै कोरोना संक्रमण भएपछि उनलाई सरकारी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उनले सुरूमा भने उपचार गर्न अस्वीकार गरेको भारतीय मिडियाहरूमा उल्लेख छ ।

‘कविता एण्ड तेरेसा’ फिल्मका लागि सन्धु डिसेम्बर २० कोलकत्ता पुगेकी थिइन् । उनी बेलायतमा पाइएको नयाँ खालको कोरोना भाइरस संक्रमित भएको फ्लाइटमा नै कोलकत्ता पुगिन् । तर, सोमबार कोरोना संक्रमण पुष्टि भएकी नायिकामा नयाँ वा पुरानो कोरोना भाइरस भएको भन्ने पुष्टि हुन सकेको छैन ।

कोरोना संक्रमण भएपछि उनलाई कोलकत्ताको बालियाघाट सरूवा रोग अस्पतालमा भर्ना गरिने तय भएको थियो । तर, उनी त्यहाँ भर्ना गरिने थाहा पाएपछि एम्बुलेन्सबाट नै भाग्ने प्रयास गरेको इन्डिया टिभिले उल्लेख गरेको छ ।

२३ वर्षीया अभिनेत्री सन्धुले उक्त अस्पतालमा राम्रा सुविधा नभएको भन्दै त्यहाँ उपचार गर्न इन्कार गरेकी भिइन् ।

बेलायतमा नै बस्ने भएकाले उनको त्यो व्यवहारप्रति सम्बन्धित निकायमा खबर गरिएको पनि बताइएको छ । बेलायतको भारतस्थित अधिकारीहरूले उनलाई कोरोना रोकथामका प्रोटोकल पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?