इजरायली प्रधानमन्त्री नेतान्याहुले निर्वाचनमा आश्चर्यजनक रूपमा विजय हासिल गर्नुभयो


netaइजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार निर्वाचनमा आश्चर्यजनक रूपमा तेस्रो कार्यकालका लागि विजय हासिल गर्नुभयो । यस निर्वाचनमा उहाँले प्यालेस्टाइनीसँग तनाव अझै गहन बनाउनुभएको छ भने सहयोगी वासिङटनलाई क्रुद्ध बनाउनुभएको छ । निकै प्रतिस्पर्धा रहेको यस निर्वाचन अभियानमा नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीले अभिमत सर्वेक्षणहरूलाई गलत प्रमाणित गरी १२० स्थानको संसदमा ३० स्थान प्राप्त गरेको छ भने मध्यबामपन्थी जायनिस्ट युनियनले २४ स्थान प्राप्त गरेको छ । प्रधानमन्त्री नेतान्याहुले यस निर्वाचनलाई सबै प्रकारका बाधाविरुद्ध विजयको रूपमा लिनुभएको छ । उहाँले आफूलाई एकपटक पुनः इजरायलको राजनीतिक अस्थिरताका ज्ञाताको रूपमा प्रमाणित गर्नुभएको छ । यस निर्वाचन अभियानमा इजरायलको प्यालेस्टाइन तथा अमेरिकी प्रशासनसँग बिग्रिएको सम्बन्ध अझै बिग्रिने अनुमान गरिएको छ । वर्तमान कडा प्रधानमन्त्री नेतान्याहुले निर्वाचन अभियानलाई अझै दक्षिणतर्फ धकेल्नुभएको थियो । यस निर्वाचनले आधारभूत परिवर्तन ल्याउनसक्छ भन्ने कुरामा कमै भ्रम राखेका प्यालेस्टाइनी जनताले अर्को नेतान्याहु सकारले उनीहरूलाई यसअघि अगाडि बढाइएको राज्यका लागि कूटनीतिक अभियानलाई अझै अगाडि बढाउन अभिप्रेरित गर्ने बताएका छन् । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनका अधिकारी यासेर अबेद राबोले इजरायले जातिवाद, नियन्त्रण तथा बसोबास निर्माणको मार्ग लिएको र आफूहरूसँग वार्ता तथा साझेदारीको मार्ग नलिएको बताउनुभयो । प्यालेस्टाइनका प्रमुख वार्ताका साएब एराकातले सबै प्रकारका कूटनीतिक प्रयासलाई गति दिने तथा गहन बनाउने तथा इजरायलविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराधका विषयमा निवेदन दर्ता गर्न तत्कालै पाइला चालिने बताउनुभयो । इजरायली प्रधानमन्त्री नेतान्याहुले यस अभियानमा सुरक्षालाई प्रमुख प्राथमिकता दिनुभएको थियो । उहाँले इरानलाई पारमाणविक हतियार लिएर इजरायललाई चेतावनी दिननसक्ने तथा प्यालेस्टाइनलाई पूर्वी जेरुसेलममा राजधानी बनाउननदिने कुरा गर्ने सक्षम व्यक्ति आफू मात्रै भएको दाबी गर्नुभएको थियो । दक्षिणपन्थी अडानका लागि उहाँले अन्तिम समयमा आफू पुनः निर्वाचित भए प्यालेस्टाइन राज्य स्थापना गर्न नदिने दाबी गर्नुभयो । उहाँले सन् २००९ मा दुई राज्यको समाधानलाई स्वीकार गर्नुभएको थियो । उहाँले जेरुसेलमको पूर्वी भागमा प्यालेस्टाइनलाई थप छुट नदिन यहुदीको बसोबासका लागि हजारौँ घर बनाउने बचन दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?