ट्युनिसियामा आतंकवादी आक्रमण, एक अष्ट्रेलियनसहित १९ जनाको मृत्यु
उत्तर अफ्रिकी मुलुक ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको संग्रहालयमा ५ बन्धुकधारीले आक्रमण गरेका छन् । यस आक्रमणमा १९ जनाको ज्यान गएको छ । १९ जनामध्ये १७ जना पर्यटक रहेको र त्यसमध्ये पनि एकजना अष्ट्रेलियन नागरिक रहेको पाइएको छ । कोलम्बियन मूलनको अष्ट्रेलियन नागरिक उक्त घटनामा मारिएको पुष्टि भएको छ । ट्युनिसियाका प्रधानमन्त्री हबिद एसदले यसलाई कायरतापूर्ण आतंकवादी आक्रमण भनेका छन् र यसका विरुद्ध एकताबद्ध हुन देशवासीलाई अपिल गरेका छन् । यस आक्रमणमा संलग्नहरुले पहिले संग्रहालयमा आक्रमण गरेका थिए जसको नजिकै संसद भवन रहेको छ । यसपछि केही व्यक्तिलाई बन्धक बनाएको र उनीहरुलाई रिहा गर्ने क्रममा यस्तो घटना भएको छ । घटनामा २ जना आतंकवादी मारिएका छन् भने फरार रहेका ३ जनाको खोजी कार्य जारी छ । प्रधानमन्त्रीअसदले यो ट्ुनिसियाको आर्थिक क्षेत्रलाई तहस नहस बनाउने नियतले गरिएको आक्रमण भनेका छन् । टेलिभिजन सम्बोधनमा उनल ेयसका विरुद्ध एक हुन अपिल पनि गरेका छन् । यस घटनामा ३८ जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको स्वास्थ्यमन्त्री सैद ऐदीले जानकारी दिएका छन् ।