अभागी दक्षिण अफ्रिका, भाग्यमानी न्यूजिल्याण्ड, अब फाईनलमा होला कसको भिडन्त ?
दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। अब न्यूजिल्याण्डले उपाधिका लागि भारत र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । डिएल मेथडका आधारमा ४३ ओभरमा न्यूजिल्याण्डले २९८ रनको चुनौति पाएको थियो । अन्तिम २ बलमा ५ रन चाहिएको बेला ग्रान्ट एलियटले छक्का हान्दै जित दिलाए । यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २८१ रन जोडेको थियो । तर डिएल मेथडका आधारमा न्यूजिल्याण्डले २९८ रनको नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाका फाफ डुे प्लेसिसले ८२ रनको योगदान गरे भने एबी डेभिलियर्स ६५ रनमा अविजित रहे । डेभिड मिलरले ४९ रन जोड्दा राइली रुसाउले ३९ रन बनाए । क्वीन्टन डि ककले १४ रन जोडे । न्यूजिल्याण्डका टे्रन्ट बोल्टले २ र कोरी एन्डरसनले ३ विकेट लिए । जारी प्रतियोगितामा सर्बाधिक २१ विकेट लिएका बोल्ट लिडिङ विकेट टेकरको शीर्ष स्थानमा छन् । जारी विश्वकपको सह आयोजक समेत रहेको न्युजिल्याण्ड यस अघि सात पटक सेमिफाईनलमा प्रवेश गरेर पनि फाइनलमा पुग्न सकेको थिएन ।