फ्रान्समा विमान दुर्घटनामा कोही पनि जीवित नरहेको पुष्टि


bimanस्पेनबाट जर्मन जाँदै गरेको जर्मनविङसको एयरबस ए ३२० विमान फ्रान्सको एल्पस पर्वतमालामा दुर्घटनाभएपछि सबै १ सय ५० जनाको नै ज्यान गएको पुष्टि भएको छ । फ्रान्सका सहायक यातायात मन्त्री एलाइन भिडालिज सो विमानमा यात्रा गरिरेहेका कोही पनि जीवित नरहेको जानकारी दिनुभएको हो । स्थानीय समयाअनुसार १०ः४७ मा विमानबाट आपतकालीन सुचना दिएलगत्तै सो दुर्घटना भएको जनाइएको छ । उक्त समयमा सो विमान पाँच हजार फिट उचाइमा रहेको बताइएको छ । जर्मनविङसका अनुसार सो विमानमा छ चालक दलका सदस्य र १४४ यात्रु रहेका थिए । स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसेलडोर्फतर्फ गईरहेको सो विमान दुर्घटनाको फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होलेयान्डले पनि पुष्टि गर्नुहँुदै विस्तृत विवरण प्राप्त नभएको बताउनुभएको छ । लुफ्थान्सा एयरको सहायक कम्पनी जर्मनविङस वजेट एयरलाइन्समा पर्दछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?