पत्रकारको देशदर्शन, देश बुझन् सहयोगी हुने सञ्चारमन्त्रीको आशा


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????देशको भौगोलिक तथा सांस्कृतिक अवस्थाबारे अध्ययन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले देशदर्शन कार्यक्रम सुरु गरिएको छ । सूचना विभागले आफ्नो नियमित वार्षिक कार्यक्रमअन्तर्गत ‘पत्रकार आदानप्रदान’ कार्यक्रम सुरु गरेको हो । कार्यक्रमअनुरूप पहिलो चरणमा तराईका विभिन्न छापा माध्यमका पत्रकारलाई पहाड र दोस्रो चरणमा पहाडका पत्रकारलाई तराईका जिल्ला भ्रमण गराइनेछ । भ्रमण टोलीलाई बिदाइ गर्दै सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले स्थानीय रहनसहन र संस्कृतिको आदानप्रदान गर्न कार्यक्रम उपयोगी हुने बताउनुभयो । “यो यात्राले विविधतामा एकता कायम गरी राष्ट्र निर्माणमा योगदान पु¥याउन सकोस्, आफ्नो जिम्मेवारीको गाम्भीर्यलाई ध्यान दिएर अघि बढ्नुस्” –उहाँले शुभकामना दिनुभयो । अहिलेको भ्रमण कार्यक्रम बिल्कुलै नयाँ रहेको र यसलाई देश दर्शनका रूपमा लिइएको सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले बताउनुभयो । उहाँले स्थानीय भूबनोट र जीवन्त संस्कृतिबारे जानकारी लिन र आपसमा अनुभव आदनप्रदान गर्न भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महानिर्देशक कोइरालाका अनुसार भ्रमणको पहिलो चरणमा तनहुँ र लमजुङ रहेको छ भने दोस्रो चरणमा सप्तरी जिल्लाको ग्रामीण बस्तीसम्मको अवलोकन गराउने कार्यक्रम छ । महानिर्देशक कोइरालाले नेतृत्व गरेको पहिलो चरणको भ्रमणमा तराईका २० पत्रकारको सहभागिता छ । उहाँहरूलाई मन्त्री डा रिजालले माला र मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले खादा ओढाएर बिदाइ गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?