अर्थ आवरमा ऐक्यबद्धता, ७० हजार शहरमा मनाइयो


earthपृथ्वीमा जलवायु परिवर्तनको असरको सन्देश दिनका लागि संयुक्त राष्ट्रसङ्घीय मुख्यालय र यसका अन्य कार्यालयहरु शनिबार राति ठीक एक घन्टा अँध्यारो पारिएको छ । क्ी कार्यायहरुमा राखिएका बत्ती निभाएर शनिबार राति ८.३० बजेदेखि अँध्यारो बनाइएको समाचारमा जनाइएको छ । सो कार्यक्रमलाई पृथ्वी समय (अर्थ आवर) नाम दिइएको छ । शनिबार राति राष्ट्रसङ्घीय कार्यालयहरुका साथै उसका सदस्य राष्ट्रहरुमा पनि यो कार्यक्रम मनाइएको छ । विश्वका १७२ देशका करिब ७० हजार सहरमा यस कार्यक्रम मनाइएको छ । संयुक्त राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यस कार्यक्रमअन्तर्गत विश्वका विभिन्न देश, सङ्घ संस्थाहरु र समुदायले पनि ऐक्यवद्धता जनाएका छन् । सो कार्यक्रमका बारेमा एक सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सबैजना नागरिक एक भैइदिने हो भने जस्तोसुकै काम गर्न पनि सहज र सम्भव छ भन्ने देखाएको बताउनुभयो । यो कार्यक्रम पृथ्वीको भविष्यसँग जोडिएको कार्यक्रम हो भन्दै जलवायु परिवर्तनका कारण पृथ्वीमा पर्ने प्रभावलाई यसले प्रतिकात्मक रुपमा देखाएको उहाँले बताउनुभयो । उहाँले एक सानो भिडियो सन्देशमा भन्नुभएको छ– जलवायु परिवर्तन भनेको जनताद्वार र्सिर्जत हो भन्दै नागरिकले चाहेमा यसको प्रभावलाई कम गर्न पनि सक्ने छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?