बास्केटबलमा आकर्षित हुँदै नेपाली युवाहरु


bizनेपालीहरुका लागि बास्केटबल त्यति आकर्षणको खेल होइन । तर, सिड्नीमा रहेका नेपालीमाझ भने यो खेल लोकप्रिय बन्दै गएको छ । मुख्यतः युवाहरुले हरेक महिनाजसो विभिन्न खाले प्रतियोगिताहरु गरिरहेका छन् । अझ विभिन्न राज्यहरुमा बस्ने नेपाली नेपालीबीच पनि प्रतियोगिता सञ्चालन हुने गर्दछन् । यही भएर होला, केही समय अघि सिड्नीमा माछापुच्छ्रे क्लबले आयोजना गरेको प्रतियोगितामा एनआरएन क्षेत्रीय संयोजक विष्णु हमालले भनेका थिए, अबको ईन्टरस्टेट स्पोर्टसमा हामी बास्केटबललाई पनि समेट्छौं । यही प्रसंगमा केही समय अघि एकदिवसीय बास्केटबल प्रतियोगिता सिड्नीमा सम्पन्न भएको छ । अबर्न बास्केटबल सेन्टरमा सम्पन्न यो प्रतियोगितामा बिज बजर्सले ४८ का विरुद्ध ५२ अंकले क्लब काठमाडौंलाई पराजित गर्न सफल भएको थियो । ६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा नया टिम, क्लब काठमाडौं, वारियर्स, बिज बजर्स, मिक्स ११, ओएसिस सुटर्स र क्लब काठमाडौं २ सहभागी थिए । प्रतियोगितामा फाईनलतर्फ मष्ट भ्यालुएवल प्लेयर्स बिज बजर्सका कबिर बन्न सफल भए भने लिगतर्फ दिनेश थापामगर भए । यस्तै बेस्ट डिफेन्डर पार्थ तिवारी बिज बजर्स, हाई स्कोरर सजल शाही क्लब काठमाडौं, बेस्ट प्वाईन्ट गार्ड कृष्ण गुरुंग क्लब काठमाडौं, राईजिंग स्टार लेनिन गौचन नाया र बेष्ट स्पोर्टसम्यानशिप किशोर लिम्बु ओएसिस सुटर घोषित भएका थिए । यसरी विभिन्न प्रतियोगिताको क्रम बढ्नु र युवाहरु खेलतर्फ आकर्षित हुनु नेपाली समूदायकै निम्ति पनि खुशीको विषय बनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?