भारतीय कमेडियन मुनब्बर रिहा !


एजेन्सी । अभद्र टिप्पणीको आरोपमा पक्राउ परेका भारतीय कमेडियन मुनब्बर रिहा भएका छन् । कमेडियन मुनब्बर फारुकीलाई गएको जनवरी १ मा इन्दौर प्रहरीले पक्राउ गरेको थियो । उनीबाहेक अरु चारजना पनि पक्राउ परेका थिए । सबैमाथि हिन्दू–देवीदेवता र केन्द्रीय गृहमन्त्री अमित शाहमाथि अभद्र टिप्पणीको आरोप लागेको थियो ।

मुनब्बर फारुकी इन्दौरको मुनरो क्याफेमा कार्यक्रम गर्न पुगेका बेला हिन्दू रक्षक संगठनका नेता त्यहाँ गएर तनाव सिर्जना गरेका थिए । आयोजक र कमेडियनलाई त्यसपछि चौकी लगिएको थियो । त्यसबेलादेखि मुनब्बर जेलमा थिए ।

उनले धेरैपटक जमानतका लागि आवेदन दिएका थिए । तर मध्य प्रदेश हाइकोर्टको इन्दौर बेन्चले उनको जमान अपिल खारेज गर्दै आएको थियो । फारुकीको कानूनी टिमसँग जोडिएका अधिवक्ता केशवम चौधरीले फारुकीको रिहाईको पुष्टि गरेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?