सभासद््को नाममा पैसा असुल्ने दुई पक्राउ, एक ठग दृष्टिविहीन
भक्तपुर जिल्लाको क्षेत्र नं. २ का सभासद् रामेश्वर ढुङ्गेलको नाममा विभिन्न ठाउँमा रकम असुल्दै हिड्ने दुई जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । एक महिनाको प्रयासपछि प्रहरीले आइतबार पक्राउ गरेका ती दुईलाई सभासद् ढुङ्गेल कै उपस्थितिमा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा अछाम चालस घरभई भक्तपुरको सानोठिमी बस्ने दृष्टिबिहीन सुशील थापा र काठमाडाँै स्वयंम्भू निवासी सविन बास्तोला छन् । दृष्टिविहीनका लागि अपाङ्ग अधिकार संरक्षण केन्द्र चलाउन समस्या परेपछि चिनजान भएकै सभासद् ढुङ्गेलका नाममा विभिन्न व्यक्ति र निकायलाई फोन गर्दै रकम माग गर्ने गरेको केन्द्रका अध्यक्षसमेत रहेका थापाले सञ्चारकर्मीलाई बताए । पोखरामा बसेर केही समय काम गरी ठमेल आएका दृष्टिविहीन थापाले केही समय ठमेलमा दिगो फाउन्डेसनमा कोइला बनाउने काम गरेपनि पछि भक्तपुर आएका थिए । उनले विगत दुई महिनादेखि फोन नं. ९८०३६९६२७३, ९८३१०५०१२९ र ९८४१२१९२५७ नम्बरबाट विभिन्न व्यक्तिलाई ‘म सभासद् रामेश्वर ढुङ्गेल हुँ, आर्थिक सहयोग गर्नु प¥यो’ भन्दै पैसा असुल गरेको परिसरका प्रवक्ता प्रहरी नाउब उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो । ‘पैसा थिएन, साथीले यो आइडिया सिकायो, त्यसपछि आफै सभासद् ढुङ्गेल बनेर फोन गर्दै पैसा माग्न थालेको हुँ’, थापाले भन्नुभयो, “यसअघि ढुङ्गेल कै कटुञ्जेस्थित घरमा गएर पटक पटक गरेर नौ हजार रुपैया सहयोगस्वरुप ल्याएको पनि हो, अरुको कुरा सुन्दा आफैँलाई सहयोग गर्ने व्यक्तिको नाम दुरुपयोग गरेर रकम असुल्न थाले ।” सभासद् ढुङ्गेलले आफ्नो नामको प्रयोग गर्दै रकम असुल्न गरेको र पसलमा गएर चामलको बोरा समेत माग्ने गरेको गुनासो आएपछि आफ्नो नाममा कसैले ठगी गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । उनीहरूलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरी निरीक्षक यादव ढकालले बताउनुभयो ।