युक्रेनमा तीनसय अमेरिकी सैनिक पुगे, विद्रोहीविरुद्ध कारवाही तीव्र बनाउने


usयुक्रेनमा ३०० अमेरिकी सैनिकले युक्रेनी सैनिकलाई तालिम दिन सुरु गरेको अमेरिकाले जनाएको छ । अमेरिकी सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । युक्रेनमा रसियाली समर्थित विद्रोहीहरुका विरुद्धमा सशक्त बनाउन युक्रेनी सैनिकलाई सो तालिम दिइएको बताइएको छ । ती अमेरिकी सैनिक गत मङ्गलबार र बुधबार युक्रेन पुगेका बताइएको छ । सो विषयमा अमेरिकी सैनिकले दिएको जानकारीअनुसार हाल त्यहाँ युद्धविरामको अवस्था रहेको भए पनि सो तालिमको आवश्यकता महसुस भएकोले दिइएको हो । युक्रेनका विषयमा संयुक्त राज्य अमेरिका र युक्रेन एक आपसमा आरोप प्रत्यारोप गर्ने गरेका छन् । अमेरिकाले युक्रेनमा रसियाली सैनिक रहेको बताएको छ । तर रसियाले भने सो विषयमा प्रतिवाद गर्दै अमेरिकाले पनि युक्रेनलाई भित्री रुपमा सहयोग पु¥याउँदै आएको बताएको छ । युक्रेनको पूर्वी भागमा विगतका केही समयदेखि रसियाली समर्थित विद्रोहीहरुले विद्रोह गरिआएका छन् । उनीहरुले रसियाली भाषीहरुको बाहुल्यता रहेको उक्त भू–भाग पनि रसियामा मिलाउनुपर्ने माग गर्दै आएका छन् । तर युक्रेनले भने सो मागमा कहिल्यै पनि समर्थन गर्न नसकिने बताउँदै आएको छ । सोही कारण सो क्षेत्रमा विद्रोह जारी रहेको बताइएको छ । सो विद्रोहका कारण कम्तीमा पनि छ हजार जनाको ज्यान गएको छ । मारिनेमा विद्रोही र युक्रेनी सेना परेका छन् । एक वर्षभन्दा लामो समयदेखि विद्रोह जारी रहेको सो क्षेत्रमा हजारौँ नागरिक अङ्गभङ्ग भइ बाँचेका छन् । गत महिनादेखि त्यहाँ दुवैतर्फ युद्धविराम भएको छ । तर जारी युद्धविरामका क्रममा पनि सो क्षेत्रमा केही सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले समय समयमा युक्रेनी सेनामाथि हमला गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?