आईएमईमा पैसा राख्न गएका भारतीयको पैसा लुट्ने भारतीय पक्राउ


up-cash_350_011212070251ग्लोबल आइएमइमा पैसा राख्न गएको अवस्थामा रु सात लाख लुट्ने एक भारतीय लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भारतको जयनगर बस्ने सचिनकुमार सिंघानिया पैसा राख्न गएको अवस्थामा अल्मलाएर रकम लुटेर भाग्न खोज्ने भारत पटना निवासी–१४ वर्षीय रितेशकुमार दासलाई पक्राउ गरिएको हो । प्रहरीले रकम लुटेर भाग्दै गरेको अवस्थामा तत्काल लखेटेर दासलाई पक्राउ गरेको थियो । भानुचोकबाट झन्डै पाँच सय मिको दूरीमा रहेको जनक चोकबाट लुटेरा पक्राउ परेको हो । प्रहरी निरीक्षक भागीरथ रेग्मीले लुटिएको रकम जिल्ला प्रहरी कार्यालयमा रहेको र थप अनुसन्धानपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने बताउनुभयो । प्रहरी जवान रामनारायण राउत लुटेरालाई लखेटेर एक्लै पक्रन सफल भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?