स्वाईनफ्लूको प्रकोप पीडित जाजरकोटमा भुइँचालो


khalangaजाजरकोटको उत्तरी क्षेत्र भीमे गाविसलाई केन्द्रविन्दु बनाएर आज साँझ दुई पटक भूकम्प गएको छ । साँझ ७ बजेर ४७ मिनेटमा ५ दशमलव १ रिक्टर स्केलको पहिलो भूकम्प र त्यसको ठीक आघा घन्टापछि अर्को सानो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउनुभयो । भूकम्पका कारण के कति क्षति भयो भन्ने जानकारी अहिलेसम्म आइनसकेको उहाँले बताउनुभयो । यसैबीच भूकम्पको केन्द्रविन्दु सुर्खेतको वीरेन्द्रनगरबाट उत्तरपूर्व ९१ किमि तथा जुम्लाबाट दक्षिणपूर्व ४७ किमि दूरीमा रहेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?