कंगनासँग जोडिएको ७ वर्ष पुरानो मुद्दामा तानिए बलिउड अभिनेता ऋतिक रोशन


एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनलाई बयानका लागि मुम्बइ क्राइम बान्चले बोलाएको छ । अभिनेत्री कंगना रनाैटसँगको इमेलसँग जोडिएको विषयमा बयान दर्ता गर्नका लागि क्राइम ब्रान्चले रोशनलाई बोलाएको हो ।

रोशनलाई मुम्बइ क्राइम ब्रान्चले भोली बयान दर्ता गर्नेगरी बोलाएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

कंगनाले सन् २०१३ देखि सन् २०१४ को बीचमा ऋतिकले आफ्नो अकाउन्टबाट १०० भन्दा बढी व्यक्तिलाई ईमेल पठाइदिएको आरोप लगाउँदै आएकी थिइन् ।

करीब ७ वर्ष पुरानो मुद्दाका लागि ऋतिक रोशन स्वयं उपस्थित हुनु पर्ने भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?