पलले माफी नमागे प्रदेश १ मा फिल्म चल्न नदिने अध्यक्ष प्रधानको चेतावनी


काठमाडौंँ । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरूणकुमार प्रधानले अभिनेता पल शाहले लिखित रूपमा माफी माग्नुपर्ने बताएका छन् । आफूमाथि दुरव्यवहार गरेको भन्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले घटनाबारे जानकारी गराउँदै विज्ञप्ती जारी गरेका छन् भने सोही विज्ञप्तीमार्फत पलले लिखित माफी माग्नु पर्ने समेत उल्लेख गरेका छन् । पलले माफी नमागेको अवस्थामा प्रदेश १ मा उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका छन् ।

प्रधानले एक म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएपछि पललाई छलफलका लागि शुक्रबार प्रहरीले बोलाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?