दक्षिण भारतीय फिल्ममा डेब्यु गर्दै स्वस्तिमा खड्का
काठमाडाैँ । नेपाली चर्चित अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् । स्वस्तिमाले दक्षिण भारतीय फिल्म ‘थिरिमाली’बाट उनले डेब्यु गर्ने भएकी हुन् ।
उनले सामाजिक सञ्जालमा दक्षिण भारतीय फिल्ममा अभिनय गर्न लागेको जानकारी गराएकी छिन् । केही समय पहिला उनले त्यहाँको फिल्ममा काम गर्न लागेको हल्ला चलेता पनि अहिले भने आधिकारिक भएको हो ।
दक्षिण भारतीय फिल्ममा उनी सहायक भूमिका देखिनेछिन् । स्वस्तिमाले दक्षिण भारतीय फिल्मको डेब्युले करिअरमा अगाडी बड्न मद्दत पुग्ने उल्लेख गरेकी छिन् ।
‘थिरिमाली’ राजिव सेट्ठीको निर्देशनमा बन्न लागेको फिल्म हो । यो फिल्म ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा सुटिङ हुने बताइएको छ ।
यो फिल्म नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा निर्माण हुनेछ ।