छिमेकीहरुको सहयोग यसरी आउँदैछ, चीन पनि सघाउन तत्पर
छिमेकी देश भारतले पठाएको सहयोगमा उद्धारकार्यका विज्ञका साथै कुकुरहरु पनि रहेका छन् । यी कुकुरहरुले कुनै मानिस भग्नावशेषमा फसकेको छ कि छैन भनेर पत्ता लगाउनेछन् । साथै, राहतका सामग्रीहरु कम्बल, टेन्ट सहित उपचार गर्ने उपकरण पनि भारतीय टोलीले साथमा ल्याएको बताइएको छ । यसैगरी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले बाबा रामदेवसँग सम्पर्क गरेको तर यस दुखद घडीमा बाबा रामदेवले काठमाडौंमा नै रहने ईच्छा व्यक्त गरेको बताएकी छिन् । अर्कोतर्फ छिमेकी मुलुक चीनले आइतबार उद्धार तथा राहतका निम्ति आफ्नो सहयोग र टोली पठाउने तयारी गरेको छ । यस दुःखद घडीमा चिनियाँ जनता नेपाली जनताको साथमा रहेको भन्दै जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भारतमा र चीनमा समेत केही व्यक्तिको ज्यान जानेगरी नेपालमा आएको महाभूकम्पमा परी मृत्यु भएकाहरुप्रति चीनले श्रद्धाञ्जली व्यक्त गरेको छ । यसैबीच अमेरिकाबाट पनि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।