बलिउड ड्रग्स प्रकरणः एनसिबीको चार्जसिटमा अर्जुन रामपालदेखि श्रद्धाको नाम !


एजेन्सी । भारतीय बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि चर्चामा आएको लागुऔषध प्रकरणले बलिउडका धेरै कलाकार यतीबेला विवादमा तानिएका छन् । भारतीय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) शुक्रबार लागुऔषध सेवनदेखि ओसार–पसारमा जोडिएका १२ हजार पानाको चार्जसिट तयार गरेको छ ।

एनसिबीले ३३ जनाविरुद्ध अदालतमा फाइल दर्ता गरेको भारतीय सञ्चारमाध्याम दैनिक भास्करले जनाएको छ । अदालतमा दर्ता गरेका सबै ३३ जना सिधै लागुऔषध सेवन तथा ओसार–पसारमा प्रत्यक्ष संलग्नता रहेको बताइएको छ । अदालतमा दर्ता गरिएको फाइलमा सुशान्तकी प्रेमीका रिया चक्रवर्ती, उनका भाई शौविक चक्रवर्ती, करमजीत, आजम, अनुज केसवानी, डुऐन फर्नांडिस र अर्जुन रामपालकी प्रेमीकाको नाम पनि समावेश गरिएको छ ।

अर्जुन रामपालकी प्रेमिका भाईको साथबाट पनि लागुऔषध प्रहरीले बरामद गरेको थियो । उनको नाम पनि एनसिबीले तयार पारेको चार्जसिटमा सामिल छ । एनसिबीले शुक्रबार अदालतमा पेस गरिएको चार्जसिटमा दिपिका पादुकोणको भने छैन् । दिपिकाको केस भने १५ नम्बरको हो । अदालतमा दर्ता गरिएको केस नम्बर ३२ को भएकाले दिपिकाको नाम नभएको एनसिबीले जनाएको छ ।

भारती सिंह, साराअली खान र श्रद्धा कपूरको नाम भने यो चार्जसिटमा रहेको छ । एनसिबीले तयार गरेको चार्टसिटको सुशान्त आत्महत्या प्रकरणमा कुनै सम्बन्ध नरहेको बताइएको छ । यो कुरा लागुऔषध सिंडिकेटको जाँच भएको समाचारमा उल्लेख छ । चार्जसिट तयार गरेपनि लागुऔषध सबन्धी मुद्दा नसकिएको एनसिबीले बताएको छ । मुद्दार अझै छ, यसबारे अझै अनुसन्धान हुने छ, अनुसन्धानको क्रममा अरु बलिउड सेलिब्रिटी यसको दायरामा आउन सक्ने एनसीबीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?