रामदेवको दिव्य पुत्रजिवक बिज नामक औषधिले ल्यायो हंगामा


putraभारतीय चर्चित योगगुरु बाबा रामदेवले आफ्नो औषधिको बचाउ गर्नुभएको छ । बाबा रामदेवको प्रत्यक्ष सम्लग्नताको कम्पनीद्वारा निर्मित एक औषधिको बारेमा शुक्रबार उहाँले पत्रकार सम्मेलन गरी उक्त औषधिको बचाउ गर्नुभएको हो । दिव्य पुत्रजिवक बिज नामको सो औषधि छोरा जन्माउने बिजका रूपमा बनाइएको र सोही प्रयोजनका लागि प्रयोगमा ल्याइने गरेको आरोप लगाइएपछि उहाँले सो औषधिको बचाउ गर्नुभएको हो । उहाँले उक्त औषधिको बचाउ गर्दै त्यस्तो काम सम्भव हुन नसक्ने भन्दै बाँझोपन हटाउनका लागि मात्र त्यसको प्रयोग गर्न सकिने उहाँले स्पष्ट गर्नुभएको छ । उहाँको भनाई थियो त्यस औषधि बालबच्चा नभएका र बाँझोपन भएको व्यक्तिले सो औषधिको सेवन गर्नसक्ने र सोही रूपमा नै बनाइएको हो । उक्त आयुर्वेदिक औषधिको सेवनले महिलालाई छोरा जन्माउन सघाउने र सोही बमोजिम निर्माण गरिएको भन्दै यसले भारतमा हालैका दिनमा जारी रहेका महिला हिंसाका घटनामा सघाउने आरोप विभिन्न दलका सभासद्हरूले लगाएका थिए । सो कारण छोराको चाहनाका कारण भू्रण हत्यागर्ने गरिएको भारतीय समाजमा यस औषधिले झन नराम्रो अवस्थाको सिर्जना गर्नसक्ने भन्दै त्यसको विरोधमा भारतीय विपक्षी सांसद्हरूले संसदमा नै होहल्ला र विरोध गरेका थिए । संसदमा यस्तो परिस्थिति आएपछि भारतीय स्वास्थ्यमन्त्री जगतप्रसाद नाड्डाले त्यस औषधिको अनुसन्धान गर्ने र यदि त्यस्तो पाइएमा कारबाही गरिने जानकारी दिनुभयो । नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बाबा रामदेवले भन्नुभयो– यस औषधिमा लिङ्गका आधारमा बच्चा जन्माउने अथवा छोरामात्र जन्माउने गरी मात्रा मिलाइएको भनेर गरिएको हल्ला निराधार हो र त्यो सम्भव पनि छैन । साथै उहाँले यदि नामका कारणले लैङ्गिक विभेद भयो भन्ने लाग्छ भने यसको नाम पनि हालको स्टक सकिएपछि आगामी दिनमा फेर्न सकिने उहाँले भन्नुभयो । गएको आमनिर्वाचनमा भारतीय जनता पार्टीको सहयोगमा बाबा रामदेवले अभियान नै सञ्चालन गर्नुभएको थियो । सोही कारणले पनि विपक्षी नेता तथा कार्यकर्ताहरूले उहाँले विरोध गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?